राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने
खबर एक्सप्रेस
२०८१-०५-०१ ०७:५६ मा प्रकाशित
Total Shares: 71
काठमाडौं - सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस