काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलामा एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।