काठमाडौं - इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।
लण्डनमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डका लागि स्ट्रलिङले खेलको ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् । फिलिप्सले उपलब्ध गराएको पासमा स्टर्लिङले बललाई जाली चुमाए।
जितसँगै समूह ‘डी’मा रहेको इङ्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । यता क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

.gif)


