काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ ।

उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। बिहीबार उक्त मुद्दामाथि सुनुवाई सकिएपछि  इजलासले २० गते निर्णय सुनाउने भएको हो । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए।