सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं - सत्ता गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा संयन्त्रको बैठकबारे निर्णय भएको थियो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको जनाइएको छ ।
सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवा, प्रचण्ड, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, बेदुराम भुसाल लगायत सहभागी छन् ।
फेसबुक पेज Like गर्नुहोस