काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ ।

अमरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि कठिन चुनावी प्रतिष्पर्धामा रहेका ट्रम्पका लागि यो खुशीको खबर भने नर्वेबाट आएको हो । राष्ट्रपति निर्वाचन हुन दुई महिना बाँकी रहेका बेला उनको नाम प्रतिष्ठित नोबेल शान्ति पुरस्कारका लागि पठाइएको हो ।

यसरी नाम सिफारिश गर्नेमा नर्वोको एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिंग येद्दे हुन् । उहाँले नै ट्रम्पको नाम २०२१ को नोबेल पुरस्कारका लागि पठाउनुभएको बीबीसीले जनाएको छ ।

हालै इजरायल र यूएईबीच भएको शान्ति सम्झौतमा राष्ट्रपति ट्रम्पको भूमिका रहेको र यसैका लागि नोबेल शान्ति पुरस्कार दिनुपर्ने येद्देको तर्क छ ।

क्रिस्चियन टायब्रिंग येद्देले अमरिकी न्यूजÞ च्यानल फक्स न्यूजÞलाई दिएको अन्तर्वार्तामा नोेबेल शान्तिमा सिफारिश गरिएका अरु मानिसभन्दा ट्रम्पले धेरै राम्रो काम गरेको बताए ।

नोबेल शान्तिका लागि यस वर्ष ३१८ जनाको नाम सिफारिश गरिएको जनाइएको छ । अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरु थियोडर रुजवेल्टले सन् १९०६, वुड्रो विल्सनले १९२०, जिमी कार्टरले २००२ तथा बराक ओबामाले २००९ मा नोबेल शान्ति पुरस्कार पाइसकेका छन ।