प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार
खबर एक्सप्रेस
२०७९-१०-१४ ०१:४४ मा प्रकाशित
Total Shares: 187
काठमाडौं-गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन्। नागरिकता प्रकरणमा दोषी ठहर भएका रवि लामिछानले गृहमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले साे पद सम्हालेका हुन् ।
राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ।
शुक्रबार सर्वाेच्च अदालतले लामिछानेको वैधानिक नागरिकता नभएकाले त्यस आधारमा उम्मेदवारी दिएर चुनाव जितेका उनको सांसद पद खारेज भएको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस