अमेरिकामा कार हिउँमा चिप्लिएर पोखरीमा खस्यो, दुई नेपालीको मृत्यु
खबर एक्सप्रेस
२०८१-०९-२६ ०८:०२ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - अमेरिकाको भर्जिनियामा नेपाली चढेको कार दुर्घटनामा परेको छ ।
स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खसेको हो ।
सो दुर्घटनामा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको छ ।
प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको थियो । दुवै जनाको शव कारभित्र पाइएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस