काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो ।

शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थालाथलीस्थित नर्भिक अस्पताल लगिएको  जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकको भनाई छ । चाँडै शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ ।