काठमाडौं - नेपाल बार एसोसिएसनले सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बार एसोसिएसनले सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनुपर्ने बारको जिकीर छ ।