काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् ।

शनिबार सिंहदरबारमा भएकाे भेटमा ओलीले प्रचण्डलाई भेटेर नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका थिए । सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा प्रचण्डले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन । तर हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन ।’  भेटमा ओलीले पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको पनि उनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म फरार रहेका छन् । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।