डा. उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त
खबर एक्सप्रेस
२०७७-०४-२० १२:२९ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. उप्रेतीलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा नियुक्त गरिएको हो ।
गत साउन १२ मा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस