काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई सफाई दिएको हो । सफाई पाउनेमा एसपी विष्टसहित डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद रहेका छन् ।

उनीहरुविरुद्ध निर्मला बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो । सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएका हुन् ।  निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।