काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ४५९ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २३ लाख ४३ हजार १५२ पुगेको छ।
शुक्रवार बिहानसम्म थप १ लाख ८६ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा हालसम्म २ करोड ७५ लाख ५५ हजार ४५७ जनामा संक्रमण देखिएको छ।
भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६६० जनाको मृत्यु हुँदा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १८ हजार ८९५ पुगेको छ।

.gif)


