कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो
खबर एक्सप्रेस
२०७७-०५-२८ ०४:२९ मा प्रकाशित
Total Shares: 301
काठमाडाैं - पछिल्लो २४ घण्टाभित्र थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३९ जना नयाँ संक्रमित थपिँदा १ हजार १७३ जना निको भएका छन् ।
आइतबारसम्म नेपाल कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ भने १५ हजार ११७ जना संक्रमित रहँदा ३८ हजार ६९७ जना निको भइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस