केपी ओली दोस्रोपटक एमाले अध्यक्ष निर्वाचित
खबर एक्सप्रेस
२०७८-०८-१४ ०२:५० मा प्रकाशित
Total Shares: 412
काठमाडौं - नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा भएको १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली दोस्रो पटक निर्वाचित भएका हुन् ।
एमाले निर्वाचन आयोग स्रोतका अनुसार ओली १८०८ मत पाएर अध्यक्ष चुनिएका छन् । अर्का प्रत्यासी रावलले २१३ मत पाएका छन् । यद्यपी, निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता हुन्। २०७१ सालमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपालभन्दा ४४ भोट बढी ल्याएर अध्यक्ष निर्वाचित भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस