साफ महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै
खबर एक्सप्रेस
२०८१-०७-०१ ०८:२३ मा प्रकाशित
Total Shares: 57
काठमाडौं - आजदेखि महिला साफ च्याम्पियनशिप शुरु हुँदैछ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस