पोखरा - गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका हुन् ।

कांग्रेसबाट महेन्द्रध्वज जिसी कृषि मन्त्री, दीपेन्द्र थापा उद्योग मन्त्री र जितप्रकाश आले आर्थिक मामिला मन्त्री भएका छन्। माओवादीबाट रेशमबहादुर जुग्जाली भौतिक मन्त्री भएका छन्।