लिदी पहिरो : मृतकको संख्या ३२ पुग्यो, सात अझै बेपत्ता
खबर एक्सप्रेस
२०७७-०५-०६ १२:४१ मा प्रकाशित
Total Shares: 266
मेलम्ची - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस