चेल्सीले जित्यो सुपर लिगको उपाधि
खबर एक्सप्रेस
२०७८-०१-२७ ०९:३७ मा प्रकाशित
Total Shares: 302
काठमाडौं,एजेन्सी - चेल्सीको महिला टिमले सुपर लिगको उपाधि जितेको छ । आईतबार अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।
चेल्सीको जितमा फ्रेन्क किर्बीले दुई गोल गरिन् । मेलानी लेउपोलन्ज, साम केर र एरिन कुथबर्टले एक/एक गोल गरिन् ।
एम्मा हेसले चेल्सीको महिला टिमको नेतृत्व गरिरहेकी छिन् । उनको प्रशिक्षकत्वमा चेल्सीले यस सिजन लिग कपको उपाधि उचालिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस