काठमाडौं - ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपुर्ती नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ २८ गतेदेखि लागू हुनेगरी  १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेपछि यस कम्पनीले अब एक वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैन ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागले गत चैतमा ठेक्का सम्झौता रद्द गरी ओम्नीलाई कारबाही गर्ने निर्णय गरेको थियो। विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।