बुटवलमा ९ दिनदेखि भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१९ ११:३२ मा प्रकाशित
Total Shares: 265
बुटवल - लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल, बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय वृद्धको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती वृद्धमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । भदौ ४ गते अस्पताल भर्ना भएका ती वृद्धको स्वास्थ्यमा गम्भिर समस्या आएपछि पछिल्लो ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरेको अस्पतालले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस