काठमाडौं,झापा - झापामा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । भद्रपुर नगरपालिका– ७ का ५८ वर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

सोमबार दिउँसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउ विच झै–झगडा हुँदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएकोमा उनको मंगलबार बिहानको राति २ बजे मृत्यु भएको भनि आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएको थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई साहेबा उराउलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।