काठमाडौं - नेपालीको महान चाड दशैँ नजिकिँदै गर्दा व्यापारीहरुले फेरी प्याजको मूल्य बढाउन थालेका छन् । यसअघि भारतले भदौ २९ गतेदेखि प्याजको निकासीमा प्रतिबन्ध लगाउँदा पनि व्यापारीहरुले प्याजको मूल्य बढाएका थिए ।

उक्त समयमा खुद्रा पसलमा प्याजको भाउ प्रतिकिलो २४० रुपैयाँसम्म पुगेको उपभोक्ताहरु बताउँछन् । तर, त्यसयता केही समय मूल्य घटेर प्रतिकिलो १०० को हाराहारीमा आए पनि अहिले चाडपर्वको समयमा फेरी उकालो लाग्न थालेको हो ।

यस्तै, व्यापारीहरुले अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पुर्‍याएका छन् । दशैंको मुखमा बजारमा प्याजको माग धेरै हुन्छ । यही अवसरमा व्यापारीहरुले सदुपयोग गर्दै किलोमै १४० रुपैयाँ लिन थालेका हुन् । यसबाट ग्राहकहरुलाई सिधै मार पर्ने देखिन्छ ।