बालिकालाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई जना पक्राउ
खबर एक्सप्रेस
२०७७-१०-१३ १२:२४ मा प्रकाशित
Total Shares: 555
काठमाडौं, जनकपुरधाम - ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।
सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।
फेसबुक पेज Like गर्नुहोस