कांग्रेसको १४औं महाधिवेशन: देउवाले पाएनन् बहुमत, सभापतिका लागि दोस्रो चरणको मतदान हुने
खबर एक्सप्रेस
२०७८-०८-२८ ०९:४२ मा प्रकाशित
Total Shares: 239
काठमाडौं - नेपाली कांग्रेसको सभापति चयनका लागि पुन: मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
कांग्रेस निर्वाचन समितिले कांग्रेस सभापति निर्वाचनका लागि आजै दोस्रो चरणको मतदान गर्ने तयारी गरेको छ । समितिको बैठक केहिबेरमा बसेर निर्णय गर्ने एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार आजै दोस्रो चरणको निर्वाचन हुनेछ । दोस्रो चरणमा धेरै मत ल्याउने शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस