निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान
खबर एक्सप्रेस
२०८१-०६-०९ १०:३७ मा प्रकाशित
Total Shares: 72
काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो ।दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ। यस्तै दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरुपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस