ईपीएलमा साविक विजेता ललितपुर पोखरासँग पराजित
काठमाडौं - साविक विजेता ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो खेलमा पनि पराजित भएको छ । बुधबार भएको खेलमा ललितपुर पोखरासँग पराजित भएको हो ।
बुधबार बिहान ९ः१५ बजे हुने तय भएको खेल मैदान चिसो भएर समयमा सुरु हुन नसकेपछि ७ ओभरमा छोट्याइको थियो । छोटो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले पोखरासामु ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
४२ बलमा ५२ रनको लक्ष्य पछ्याएको पोखराले १ विकेट गुमाएर ६.३ ओभरमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि ओपनर रित गौतम र रिचार्ड लेभीले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । लेभीले २२ बलमा ५ चौका र १ छक्कासहित ३८ रनको महत्त्वपूर्ण इनिङ खेले । बलिङतर्फ ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले १ विकेट लिए ।
पहिलो इनिङमा ब्याटिङ गरेको पोखराका कप्तान कुशल भुर्तेल ३ रन बनाएर पेभिलियन फर्किँदा विकेटकिपर ब्याट्सम्यान १९ रनमा आउट भए । यस्तै, पवन सरार्फ ५ तथा अज्मतुल्लाह ओमारजाई १ रनमा आउट हुँदा ओशादा फर्नान्डो १० रनमा अविजित रहे ।
ललितपुर पहिलो खेलमा काठमाडौंसँग ७ विकेटले पराजित भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस