रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन
खबर एक्सप्रेस
२०७९-१०-१४ ०२:४६ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन भएकाे छ ।
रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार प्रदर्शन भएको हाे ।
प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका हुन् ।
शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद बदर गर्ने फैसला गरेकाे थियाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस