वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैनः प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८१-०५-०६ ०४:५६ मा प्रकाशित
Total Shares: 85
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘हामीलाई कुनै गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन । हामी गरिबीको दुश्चक्रमा छौँ । २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्,’ ओलीले भने ।
उनले नेपाल विकसित राष्ट्र बन्नेतर्फ उन्मुख हुँदै गएको पनि दाबी गरे ।

.gif)




फेसबुक पेज Like गर्नुहोस