नेपाल आइपुग्यो भारतले दिएको १० लाख डोज कोरोना भ्याक्सिन
खबर एक्सप्रेस
२०७७-१०-०८ १२:०९ मा प्रकाशित
Total Shares: 815
काठमाडौं - भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
कोरोना खोप रिसिभ गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुगेका छन् । खोप एक कार्यक्रमबीच राजदूत क्वात्राले हस्तान्त्रण गर्ने छन्।
उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस