बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
खबर एक्सप्रेस
२०७८-०८-२० ०६:३२ मा प्रकाशित
Total Shares: 471
काठमाडौं - प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो ।
सोमबारसंसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस