सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन
खबर एक्सप्रेस
२०७९-११-२३ ०४:१२ मा प्रकाशित
Total Shares: 154
काठमाडौं-सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।
आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिन सबै सांसदहरुलाई बुधबार नै काठमाडौं आइसक्न निर्देशन दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस