काठमाडौं - युरोपा कन्फरेन्स लिगअन्तर्गत भिटेसेले  इङ्लिस प्रिमियर क्लब टोटनहममाथि  जित हासिल गरेको छ ।बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १-० गोल अन्तरको जित हासिल गरेको हो । 

भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे ।

हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ । सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ । अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ