सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
खबर एक्सप्रेस
२०८१-०४-१६ ०३:२९ मा प्रकाशित
Total Shares: 148
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री सोडारीले आज सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।
मुख्यमन्त्रीको आग्रहपछि सभामुख भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका छन् ।
एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा परेका छन् ।
सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस