काठमाडौं, एजेन्सी - रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । बुधबार कप्तान रामोसले क्लब छाडेको रियलले पुष्टि गरेको छ ।

स्पेनिस डिफेन्डर रामोसको क्लबसँगको सम्झौता यहिँ जुनको अन्त्यसँगै सकिदैछ ।

३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष बसेर रियल छाडेका हुन् । सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् । रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।

रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते । फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् । यस्तै, कोपा डेल रे पनि दुई पटक जितेका छन् ।