काठमाडौं - प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्रीलाई पनि कोरोना हुन सक्ने देखिएको छ । बुधबार राति आएको यादवको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

यादवले गत १६ गते प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा ‘बादल', गृहसचिव, प्रहरी महानिरीक्षकलगायतलाई भेटका थिए । मन्त्री यादवले आफ्नो फेसबुकमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई भेटेको फोटो राखेका थिए । उनीहरुलाई भेटेको एक हप्तापछि यादवलाई कोरोना पुष्टि भएको हो ।

उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड .(पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानहरुमा समेत कोरोना पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै उनीहरुले स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।