भारतको नागाल्यान्डमा कुकुरको मासु व्यापारमा प्रतिबन्ध
खबर एक्सप्रेस
२०७७-०३-२० ०४:३४ मा प्रकाशित
Total Shares: 364
एजेन्सी - भारतको नागाल्यान्ड राज्यमा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाइएको छ। अधिकारवादी समूहको चर्को विरोधपछि अबदेखि नागाल्यान्डमा कुकुरको मासु किनबेच गर्न प्रतिबन्ध लागेको हो।
बाहिरबाट कुकुरहरु खाद्य प्रयोजनका लागि आयात तथा निर्यात समेत गर्न नपाइने जनाइएको छ।
यद्यपी त्यहाँका स्थानीयले भने स्थानीय प्रशासनको यस निर्णयको आलोचना गरेका छन्।
भारतभर कुकुरमाथिको क्रूरता समाप्त हुने विश्लेषण भइरहँदा त्यहाँका मानिसहरुले स्थानीयको खाना संस्कारमाथि प्रहार भएको बताइरहेका छन्। कोरोना भाइरसको प्रकोपबीच भारतको नागाल्यान्डसहित चीनका विभिन्न क्षेत्रमा कुकुरको मासुमा प्रतिबन्ध लागिसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस