काठमाडौं - साझा यातायातले काठमाडौं उपत्यकाका सबै रुटमा बस सञ्चालनमा ल्याएको छ । बिहिबार बिहानदेखि साझाले उपत्यकाको नौवटै रुटमा २६ वटा बस सञ्चालनमा ल्याएको हो ।

सबै रुटमा यात्रुको चापलाई मध्यनजर गर्दै बस सञ्चालन गर्ने साझाले जनाएको छ । महामारीको कारण सरकारले तोकेअनुसार साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर साझाले सेवा दिन लागेको हो ।

साझाले चालक, सहचालक एवं यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले तोकेको मापदण्डअनुसारै गाडी चलाउन लागेको हो ।