काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



