काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक र कानुनी सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका हुन् ।

नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् । यसअघि राष्ट्रपतिको मुख्य स्वकीय सचिवमा सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए । राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्व सचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।