कपाल मुण्डन प्रकरण : ‘जय श्रीराम’ लेख्ने र नारा लगाएको अरोपमा चारजना पक्राउ
काठमाडौं - वाराणसीमा नेपाली युवकको कपाल मुण्डन गरेर ‘जय श्रीराम’ लेख्ने र नारा लगाएको अरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
कपाल मुण्डन घटनामा भेलूपुर चौकीमा पाँचजना विरुद्ध उजुरी दर्ता भएको बताइएको छ । भिडियो बनाउनेसहित चारजना पक्राउ परेको वाराणसीका प्रहरी अधिकृत अमित पाठकले जानकारी दिए ।वाराणसीमा बस्ने एक नेपाली नागरिकको कपाल बुधबार जबरजस्ती मुण्डन गरेर त्यसमा ‘जय श्रीराम’ लेखिएको भिडियो सार्वजनिक भएभो थियो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तिको अवसरमा आयोजित एक कार्यकक्रममा अयोध्या भारतमा नभई नेपालमा पर्ने र भगवान राम पनि नेपाली रहेको बताएका थिए । ओलीको सोही अभिव्यक्तिको विरोधमा नेपाली युवकको कपाल मुण्डन गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस