नयाँदिल्ली - भारतमा कम्तीमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ ।

१ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षण गर्दा नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको हाे भारतीय मिडियाले जनाएका छन् ।

संक्रमण देखिएका ५३ जनामा अधिकांश फिल्डमा निरन्तर खटिएका टेलिभिजन च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् ।