एसइईको नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने बोर्डको तयारी
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार उत्तरपुस्तिका तथा विद्यार्थी विवरण इन्ट्री पूरा भइसकेको छ भने हाल तथ्यांक रुजु गर्ने कार्य भइरहेको छ।
यस पटकको एसइई परीक्षामा उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै चेकजाँच गरिएको थियो।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए।
त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी भएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस