काठमाडौं - सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ थुनामुक्त भएका छन् । अभद्र व्यवहारसम्बन्धी आरोप लागेका नेता कार्कीलाई काठमाडौं प्रहरी परिसरले आइतबार थुनामुक्त गरेको हो ।

गत चैत १ गते पक्राउ परेका कार्कीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएका थिए । कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्च नेताहरु पक्राउ परेका थिए ।

सरकारले प्रतिबन्ध लगाएपछि धेरै नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउ परेपछि रिहा हुनेमा कार्की पहिलो नेता मानिन्छन् ।