काठमाडौं - पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा चार सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सङ्क्रमित थपिएका हुन् । 

गएकाे २४ घण्टामा देशैभर एक हजार दुई सय २८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै कुल सङ्क्रमितकाे सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेकाे छ । 

केही दिनयता काठमाडौं उपत्यकासहित काेराेना सङ्क्रमणकाे उच्च जाेखिम देखिएका जिल्लामा निषेधाज्ञा र लकडाउन घाेषणा गरिएकाे छ । काठमाडौं उपत्यकाकाे निषेधाज्ञा पनि लम्ब्याएर भदाै २४ गतेसम्म पुर्‍याइएकाे छ ।