म्यानचेष्टर युनाइटेडकाे जित
काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा जित हात पारेको छ । गएराति भएको समूह चरणको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २–१को उत्कृष्ट पूनरागमन जित निकालेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबर्रीमा सकिएको थियो । ५३औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लियो । तर त्यो अग्रता कायम रहन सकेन । खेलको ६०औँ मिनेटमा युनाइटेडका एलेक्स टेलेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि आफ्नो कीर्तिमानी खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युनाइटेड २-१ले विजयी बन्यो । पोर्चुगिज फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस