कर्णालीविरूद्ध जितका लागि चितवनले पायो १६७ रनको लक्ष्य
खबर एक्सप्रेस
१७ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजले जितका लागि १६७ रनको लक्ष्य पाएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णाली याक्सले ओपनर प्रियांक पन्चालको आक्रामक ब्याटिङमा १६६ रनको योगफल खडा गर्यो ।
कर्णालीले २० ओभर ब्याटिङ गर्दा तीन विकेटमात्रै गुमायो । पन्चालले कर्णालीबाट सर्वाधिक ९० रन बनाए । ओपनर म्याक्स ओ‘डोडले २० र वार्क वाटले १६ रन थपे ।
अविजित रहेका पवन सर्राफले २७ र नजिबुल्लाह जर्दानले चार रनको योगदान गरे । फितलो बनेको चितवनको बलिङतर्फ सैफ जैब, रवि बोपारा र सोहेल तान्विरले समान एक विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस