पोखरा - गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार७ सय ९५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २१ र तनहुँका १० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । अन्य सबैको कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा. शर्माले बताए ।