के एमबाप्पेले जनवरीमा पिएसजी छोड्न लागेका हुन ?
खबर एक्सप्रेस
२०७८-०७-२७ ०७:४४ मा प्रकाशित
Total Shares: 368
काठमाडौं,एजेन्सी - पिएसजीका स्टार खेलाडी हुन् काइलियन एमबाप्पे । आउने जनवरीमा उनले पिएसजी छोड्ने खबर लगातार आइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार उनलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गर्न चासो देखाइरहेको छ ।
सिजनको सुरुवातमा रियलले ३ पटकसम्म उनलाई अनुबन्ध गर्न पिएसजीसामु प्रस्ताव राखेको थियो । तर, पिएसजीले रियलको प्रस्ताव अस्वीकार गरेको थियो ।
एमबाप्पेले भने खुलेरै क्लब छोड्ने बताए पछि भने अब पिएसजीले एउटा निर्णय लिन सक्ने अनुमान गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस